site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कमला पुल नबनेपछि सिरहा नगरपालिकाले बनायो बाँसको पुल

जनकपुरधाम । धनुषा–सिरहा जोड्ने कमला पुल निर्माणमा ढिलाइ भएपछि सिरहा नगरपालिकाले बाँसको पुल बनाएको छ । सर्वसाधारणलाई आवागमनमा समस्या भएपछि बाँसको टेका लगाएर अस्थायी प्रकृतिको पुल बनाइएको हो ।

यसअघि सर्वसाधाण दुईघण्टा यात्रा गरेर सीमावर्ती भारतीय बजार जयनगर हुँदै आवागमन गर्ने गरेका थिए । कतिपय डुङ्गाबाट आवतजावत गर्थे ।

बाँसको पुलमा मोटरसाइकल र पैदलयात्री आवतजावत गर्न सक्ने छन् । 

Dabur Nepal
NIC Asia

तर, स्थानीय बाढीले पुल बगाउनेमा सशंकित छन् । स्थानीय मोहनकुमार दासले बाँसको अस्थायी पुलले राहत भएपनि बाढीले बगाउन सक्ने चिन्ता रहेको बताए । 

"लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा यहाँको जनताले सास्ती खेप्नुपरेको थियो । यसले राहत भएको छ । कामचलाउ पुल त बन्यो तर कहिलेसम्मलाई हो भन्न सकिँदैन," उनले भने ।

पुलले कृषि उपजलाई बजारसम्म लैजान किसानलाई पनि सहज भएको उनको भनाइ छ । "खेतीपाती गर्नका लागि नदीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ । अस्थायी पुल भए पनि हामीलाई सहज भएको छ," उनले भने ।

कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयामा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा नगरेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पुसँगको ठेक्का रद्द गरेको थियो । 

त्यसपछि १३ असार २०७८ मा ४७० मिटर लामो पुल निर्माण सक्ने गरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । उक्त पुलको निर्माण अन्तिम चरणमा पुगेको थियो । २०७८ साउनमा उद्घाटनकै तयारी गरिएको थियो ।

तर, निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गर्नुअघि नै २०७८ असार १७ गते बाढीमा पुल भासिएको थियो । पुल भासिएको पनि दुई वर्ष भइसकेको छ । तर, निर्माण पूरा हुन अझै समय लाग्ने भएको छ । वर्षाको कारण नदीमा पानी भएपछि निर्माण कम्पनीले काम सुरु गरेको छैन ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro