site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस पदाधिकारी बैठकमा के भयो छलफल ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल भएको छ । तर, बैठकले अन्तिम टुंगो लगाउन सकेन ।

सहमहामन्त्री जीवन परियारले भोलि (बुधबार) बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णय अन्तिम निष्कर्ष निकाल्ने जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बुधबार अपराह्न ४ बजे बस्ने बैठकमा निर्णय प्रस्तुत गरिने छ । 

पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, महामन्त्री गगन थापाको १३ बुँदे लिखित प्रस्ताव, सरकार र पार्टीको विषयमा गरिनुपर्ने निर्णयबारे छलफल भएको थियो । 

"यो निर्णायक बैठक होइन, खाका बनाउने कुरा हो । बाँकी भोलि बसेर टुंगो लाग्छ," परियारले भने ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा मंगलबार साँझ पदाधिकारीको बैठक बसेको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro