site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आँखाको रोग हटाउन स्ट्यान्डर्ड चार्टर्ड बैंकको आर्थिक सहयोग

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा प्रतिष्ठान) र मित्र समाजसँग देशका सबै प्रदेशमा बच्न नसक्ने अन्धोपन, मोतिबिन्दु र पोस्टरियर सेगमेन्ट आँखा रोगको पहिचान र उपचार गर्न सहकार्य गरेको छ । बैंकले नेपाल आँखा कार्यक्रमलाई ४७ लाख ९० हजार ८६६ अनुदान दिएको हो ।

यो रकम पर्साको निचुटामा सामुदायिक आँखा केन्द्र (सीईसी) स्थापनामा प्रयोग गरिने बताइएको छ । परियोजनाले वृद्धवृद्धा, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरूको उपचार गर्ने बताइएको छ ।

Dabur Nepal
NIC Asia

मित्र समाजलाई दिएको सहायता अन्धो हुने रोगहरू पहिचान गर्ने उद्देश्यले मोतियाबिन्दु अन्धोपन निवारण परियोजनामा प्रयोग गरिने बताइएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ प्रमुख हर्ष पिल्लै, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ र मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीको उपस्थिति थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro