site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटाको जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

काठमाडौं । टाटा मोर्टस नेपालको आधिकरिक वितरक सिप्रदीले जेन्युइन स्पेयर पार्ट्सको मूल्य घटेको बताएको छ ।

सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा श्रावण महिनादेखि समायोजित मूल्य लागु भएको कम्पनीले बताएको हो ।

ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरूको मूल्य समायोजन गरेको कम्पनीको भनाइ छ ।

“हाल विद्यमान प्रतिकूल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन पार्ट्सहरूको मूल्य समायोजन गरिएको हो,” एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ।

यससँगै ग्राहकवर्गहरूले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युइन पार्ट्सहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्