
काठमाडौं । सिप्रदी ट्रेडिङले जेठ १ (आज)देखि प्रिबजेट एक्सचेन्ज फेस्ट आयोजना गरेको छ । यो आयोजना यही जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।
ग्राहकले यो मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज र जीवनभर निःशुल्क चार्जिङजस्ता सुविधा पाउनेछन् ।
८० प्रतिशतसम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ । टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभीजस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलमा यो अफर लागु हुनेछ ।
अतिरिक्त रूपमा ग्राहकले निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाउनेछन् । इच्छुक ग्राहकले देशभरका सिप्रदीको आधिकारिक शो रुममा गई मेलाको अवलोकन तथा ईभी गाडी टेस्ट ड्राइभ गर्न सक्नेछन् । सिप्रदी ट्रेडिङ नेपालका निम्ति टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक हो ।