site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुद्ध एयरका सञ्चालक बस्नेतसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता
SkywellSkywell

काठमाडौं । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ ।
 
कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएपछि ४० प्रतिशत सेयर हिस्सेदार प्राप्त सेयरधनीको अख्तियारी लिएर शिवेन्द्र बस्नेतले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् ।
 
शिवेन्द्रले २०७४–०७५ देखि हालसम्मको वित्तीय विवरण माग गरेको तर त्यसको विवरण नपाएको भन्दै मुद्दा दायर गरेका हुन् । सञ्चालक बस्नेतसहित सुनिता बस्नेत, आरजु बस्नेत, आस्था बस्नेत र बुद्ध एयरका प्रमुख वित्तीय अधिकृत रमेश लुइँटेलविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।
 
उनीहरू विरुद्ध ४० प्रतिशत सेयरधनीको अख्तियारी लिएर भाइ शिवेन्द्रबहादुरले मुद्दा दायर गरेका हुन् । उनले कम्पनी ऐनको दफा १६०, दफा १६१ र दफा १६२ बमोजिमको सजाय माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हुन् ।
 
कम्पनी ऐनको दफा १६० मा ५० हजार जरिवाना वा दुई वर्षसम्मको कैद वा दुवै जरिवाना हुनसक्ने व्यवस्था छ ।  कम्पनीमा ४० प्रतिशत सेयरधनीको हक, अधिकार अनुसार वित्तीय विवरण माग गरेको तर बुद्ध एयरले त्यसको विवरण नदिएपछि मुद्दा दर्ता गरेको शिवेन्द्रले बताए ।
 
दाजुभाइबीचको विवाद के हो ?
 
बुद्ध एयरका सञ्चालकद्वय वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्तिको विषयमा विवाद सुरु भएको थियो ।  बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएसँगै उनका छोराहरू (वीरेन्द्र र शिवेन्द्र)बीच सम्पत्तिलाई लिएर विवाद भएको हो ।

शिवेन्द्रले गत वैशाख २७ गते पत्रकार सम्मेलन नै गरेर शिवेन्द्रले ४० प्रतिशत सेयरधनीको हक खोसिएको बताएका थिए । त्यसलगतै बुद्ध एयरले शिवेन्द्रबहादुर बस्नेतसँग सम्बन्ध नरहेको बताएको छ ।
 
शिवेन्द्र बुद्ध एयरका संस्थापक सुरेन्द्रका कान्छा छोरा हुन् । वीरेन्द्र जेठा छोरा हुन् । सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।
 
सुरेन्द्रको निधनपछि उनको नाममा रहेको बुद्ध एयरको ८० प्रतिशत सेयरमध्ये ४०–४० प्रतिशत दुई भाइको भागमा परेको थियो । जेठा छोरा वीरेन्द्रसँग पहिले नै २० प्रतिशत सेयर थियो ।  बाँडफाँटपछि वीरेन्द्रको स्वामित्व ६० प्रतिशत पुग्यो । बाँकी रहेको ४० प्रतिशत सेयर स्वामित्व शिवेन्द्रको परिवारका सदस्यको नाममा छ ।
 
कान्छा छोरा शिवेन्द्रले आफ्नो ४० प्रतिशत सेयर स्वामित्व रहे पनि आफूलाई कम्पनीले गरिरहेको काम कारबाहीबारे कुनै जानकारी नदिएको गुनासो गर्दै आएका छन् । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएको उनको दाबी गर्दै आएका छन् ।
 
आफूलाई हिसाब नदिइएकाले कम्पनीमा आर्थिक अनियमितता भएको हुन सक्ने उनको आशंका छ । कानुनअनुसार हिसाब माग्दा नदिइनुले त्यही देखिएको उनको दाबी छ । उनले नौवटा एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै छलफल नगरेको बताएका छन् । 

Dabur Nepal
NIC Asia

शिवेन्द्र लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनले आफू अमेरिकामा बस्न थालेपछि बुद्ध एयरमा संलग्न नरहेकोसमेत बताए । तर आफ्नो परिवारका सदस्यको नाममा ४० प्रतिशत सेयर रहेको उनको भनाइ छ ।

शिवेन्द्रले उक्त सेयर २०५६ सालमा बिक्री गरेर बुद्ध एयरबाट अलग भएको बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको थियो ।

बुद्ध एयर २५ वर्षेदेखि नेपाली आकाशमा उडान भर्ने निजी विमानसेवा कम्पनी हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा एउटा विमानबाट सेवा सुरु गरेको थियो । अहिले उक्त एयरले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडान गर्दै आएको छ । बुद्ध एयरले नेपालका १४ स्थान र भारत र भुटानमा (चार्टर) पनि उडान गर्दै आएको छ । अहिले उसले १७ वटा विमानबाट सेवा दिइरहेको छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu