site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली फिल्म ‘दि रेड सुटकेस' भेनिस फिल्म फेस्टिभलमा छनोट

काठमाडौं । नेपाली चलचित्र 'दि रेड सुटकेस' भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ । फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको चलचित्र भेनिस फिल्म फेस्टिभलमा छनोट भएको हो ।

भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको हो । वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव यो सिनेमाको मुख्य कथा हो । फिडेलको यो डेब्यू फिल्म हो । 

रामकृष्ण पोखरल निर्माता रहेको चलचित्रमा विपीन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, सृष्टि श्रेष्ठकाे अभिनय रहेकाे छ ।

विदेशी निर्माता र छायांकारबिना विश्वको प्रतिष्ठित फेस्टिभलमा छनोट हुने ‘दि रेड सुटकेस’ पहिलो नेपाली चलचित्र हो । यसअघि भेनिस पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैमा निर्माता तथा छायांकार विदेशी थिए । 

विपीनले यो चलचित्रमा आफूले बिना पारिश्रमिक काम गरेको बाह्रखरीसँग बताएका थिए । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि नयाँ मेकरले बनाएको र अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमाको बजार विस्तारमा सहयोग हुने अपेक्षासहित बिना पारिश्रमिक काम गरेको उनले बताएका थिए । 

यद्यपि, आफूले उक्त सिनेमाबारे धेरै नबुझेको उनको भनाइ थियो । चलचित्र निकै स्लो पेसमा रहेको उनले बताएका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro