site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एफएम रेडियोहरूले संगीत रोयल्टी नतिरे कानुनी उपचार खोज्ने चेतावनी 

काठमाडौं । गीतसंगीतसँग सम्बन्धित विभिन्न सातवटा संघसंस्थाले आफ्नो मौलिक हकअधिकारबाट बञ्चित गराए कानुनी उपचार खोज्ने एफएम रेडियोहरूका छाता संस्थाहरूलाई चेतावनी दिएका छन् । आफ्नो गीतसंगीत प्रयोग गरेवापतको रोयल्टी बुझाउन माग गर्दा उल्टै अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी सर्जक तथा स्रस्टाका संगीत नै बहिष्कार गर्न खोजिएको सातवटा संघसंस्थाको आरोप छ । 

गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठान, संगीत उत्पादक संघ नेपाल, नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत रोयल्टी संकलन समाज नेपालले आज संयुक्त विज्ञप्ति जारी गर्दै कानुन अनुसार रोयल्टी नबुझाए कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन् । 

रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनको नवीकरण रोक्न सञ्चार मन्त्रालयलाई आग्रह गर्दै संगीतकर्मी

Dabur Nepal
NIC Asia

“हामी आशा गर्दछौं हाम्रा गीतसंगीतको प्रशारण गर्न र संगीत रोयल्टी तिर्न तपाईंहरू कानुनी मार्ग अबलम्बन गर्नुहुनेछ अन्यथा हाम्रा सिर्जनाका गैरकानुनी प्रयोगविरुद्ध हामी कानुनी उपचार खोज्न बाध्य हुने छौँ” संयुक्त विज्ञप्तिमा उल्लेख छ, “स्रष्टाका गुनासा र असन्तुष्टिलाई आफ्नो निजी फेसबुक वालमा खरो भाषामा पोखेकै आधारमा संगीत रोयल्टी संकलन समाजका अध्यक्षलाई व्यक्तिगत निशाना बनाई स्रस्टा सुरेश अधिकारीका सम्पूर्ण सांगीतिक सिर्जनामाथि नै प्रतिबन्ध घोषणा गरी नबजाउने असान्दर्भिक र बौद्धिक जमात माझ असभ्य र निष्कृष्ट देखिने निर्णय फिर्ता लिनुपर्छ ।” 

मानवता विरोधी कार्यलाई कायम राखे सबै स्रस्टा र कलाकारका संगीत सिर्जनाहरू प्रसारण गर्न रोक लगाउन बाध्य हुने उनीहरूले बताएका छन् । 

रेडियो संचालकहरूको निर्णय रोयल्टीको अधिकार निस्तेज पार्ने षड्यन्त्र : सुरेश अधिकारी

नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले गीतकार, संगीतकार तथा गायक सुरेश अधिकारीसँग जोडिएका गीत एफएफ रेडियोमा प्रशारण नगर्ने भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । 

11690280951.jpg

21690280934.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro