site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिंसालाई बढावा दिने स्वेच्छाचारी संशोधन विधेयकको विरोधमा शान्ति समाज
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले हिंसालाई बढावा दिने गरी जुनसुकै मुद्दा फिर्ता लिने प्रावधानसहित संसद्मा प्रस्तुत संशोधन विधेयकप्रति आपत्ति जनाएको छ ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ अन्तर्गत “क” थप गरी संशोधनका लागि संसद्मा पेस गरेपछि शान्ति समाजले मंगलबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“संसद्मा प्रस्तुत सो संशोधन विधेयक पारित भएमा हिंसालाई वैधानिकता प्रदान गर्ने खतरा हुन्छ भने संशोधन विधेयकमा निहीत जुनसुकै मुद्दा फिर्ता लिन सक्ने जस्ता स्वेच्छाचारी प्रावधानले मानवअधिकार र लोकतन्त्रको मूल्यलाई खण्डित तुल्याउँछ । संक्रमणकालीन न्याय प्रक्रियालाई तुहाउने नियतले प्रेषित यो संशोधन विधेयक विधिको शासन र संवैधानिक सर्वोच्चताको मर्मविपरीत छ,” शान्ति समाजले भनेको छ ।

प्रतिनिधिसभामा छलफलका क्रममा रहेको उक्त विधेयक हुबहु पारित भएमा हिंसाले वैधानिकता प्राप्त गर्ने र दण्डहीनता संस्थागत हुने खतरातर्फ शान्ति समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त संशोधन विधेयक फिर्ता लिन÷खारेज गर्न मानवअधिकार तथा शान्ति समाज संवद्ध सबैलाई आग्रह समेत गरेको छ ।

Global Ime bank

हिंसा र राजनीतिक अस्थिरतालाई बढावा दिने गरी प्रस्तुत संशोधन विधेयकविरुद्धमा देशव्यापी प्रदर्शन सुरु गरिएको शान्ति समाजले जनाएको छ । यसैक्रममा शान्ति समाज रुपन्देही शाखाको आयोजनामा साउन ८ गते बुटवलमा प्रदर्शन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय