site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीरमा थपियो भीभीआईपी उपचार कक्ष, सेवामा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको बताएका छन् । वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार निरीक्षण गर्दै उनले स्वास्थ्य क्षेत्र सुधारमा लागिपरेको बताए ।

स्वास्थ्य मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए । उनले बीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताए ।

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शैय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर कुल पाँच शैय्यासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

Global Ime bank

वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्ति उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालयसहित भान्साको समेतको सुविधा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement