site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तिनाउ नदीमा बाढी खतराको तहभन्दा निकै माथि, राजमार्ग अवरुद्ध हुनसक्ने
प्रतीकात्मक तस्बिर

काठमाडौं । मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । 

उक्त जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । राजमार्ग अवरूद्द हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउँन पनि महाशाखाले सचेत गराएको छ । 

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी हुन् दिउँसो र राति भारी वर्षा हुने भू–भाग

यसैबीच, तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह  खतराको तहभन्दा निकै माथि पुगेको छ । र बाढी बढ्दो क्रममा रहेको छ । त्यसैले बाढीको उच्च जोखिम रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ । 

यस्तै पछिल्लो तीन घण्टादेखि ६ घन्टामा दाङको बागासोती, लालमाटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्यूठानको बिजुवार, मारीखोला, हंसपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । राप्ती र बबईको साना नदी, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी आउनसक्ने भएकाले सतर्क रहन महाशाखाले  भनेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro