site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विराटनगरमा महिन्द्रा पावरोल डिजेल जेनेरेटरको डिलरसिप उद्घाटन

काठमाडौं । अग्नि मोटोइन्कले विराटनगरमा प्याक्ट पावरसँग महिन्द्रा पावरोल डिजेल जेनेरेटरको डिलरसिप उद्घाटन गरेको छ । अग्नि मोटोइन्क महिन्द्राको आधिकारिक वितरक अग्नि समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

महिन्द्रा यूभी, ट्रयाक्टर र इलेक्ट्रिकको आयातकर्ता एवं वितरक अग्नि ग्रुपले आफ्नो सेवा विस्तार गर्दै डिलरसिप उद्घाटन गरेको जनाएको छ ।

अग्नि मोटोइन्क नेपालका लागि महिन्द्रा पावरोल डिजेल जेनेरेटरको वितरक हो । नयाँ डिलरसिपबाट कम्पनीले माग अनुसारका साना र ठूला क्षमताका जेनेरेटर उपलब्ध गराउने जनाएको छ ।

हाल ५ केभीएदेखि ६२५ केभीएसम्म २८ मोडलमा जेनेरेटर उपलब्ध रहेको कम्पनीको भनाइ छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र प्याक्ट पावरका एमडी दर्शन कार्कीको उपस्थितीमा नयाँ डिलरसिपको उद्घाटन भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्