site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पुरक बजेट ल्याएर भएपनि कांग्रेसले किसानको समस्या हल गर्नुपर्छ : सिटौला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले जारी केन्द्रीय समिति बैठकमा जनजीवनका विषयमा र जनआवश्यकताअनुसार कांग्रेसले प्रस्ताव पारित गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले देश भित्र र बाहिरका श्रमिकहरूको समस्या सम्बोधन गर्नेगरी प्रस्ताव कांग्रेसले पारित गर्नुपर्ने धारणा राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

“जनताले खोजेको विषयमा कांग्रेस के भन्छ त्यसमा एउटा प्रस्ताव आओस् । बाढी पहिरोको विषय छ यसमा प्रस्ताव आओस् । स्वास्थ्य शिक्षा रोजगारीको मौलिक हकको रूपमा संविधानमा उल्लेख गरेका छौंँ । तीनै तहको एक कार्यकाल पुरा भयो त्यसको उपलब्धिबाट जनता सन्तुष्ट छैन,” उनले भने ।

उनले पुरक बजेट ल्याएर भएपनि किसानका समस्याहरू समाधान गर्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

Global Ime bank

“बैंकले गर्ने लगानी, सहकारीको अवस्था जुन अवस्था छ दिनप्रतिदिन सुनिन्छ नै । कांग्रेसले बैंक कसरी चलेको छ, व्याज जसरी लिएको छ जनतालाई चित्त बुझेको छैन, काठमाडौं र तराईमा जुलुस उठेको छ । साना–साना किसानहरूको ऋण छ । पुरक बजेट ल्याएर भएपनि बोल्न सक्नुपर्छ,” उनले भने ।

तीन तहकै निर्वाचनबाट कांग्रेस पहिलो दल बनेको भन्दै उनले संविधानको मौलिक हकका विषयमा जनतालाई जे दिन्छौँ भनेर बाचा गरेका छौँ उक्त बाचा पुरा गर्नेगरी प्रस्ताव पारित गर्नुपर्ने धारणा राखे ।

“किसानहरूको समस्या छ किसानलाई खेतमा हाल्ने मल छैन । यस्ता विषयमा प्रस्ताव आउनुपर्छ,” उनले भने, “आजको दिनको बैठक बस्दै गर्दा जनताको समस्या छ भन्ने सम्झनुपर्छ । श्रमिकको ज्याला बढाउनुपर्ने व्यवस्था छ । यसमा सकस भइरहेको छ । यसबारेमा कांग्रेसको धारणा जानुपर्छ, त्यो बढ्नुपर्छ भनेर हामीले सरकारलाई भन्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय