site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सूचना दिनेलाई पुरस्कारको व्यवस्था भएकाले सुन समातियो : अर्थमन्त्री
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताए । आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको उनले उल्लेख गरे ।

अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने उनले बताए । उनले वित्त नीति (बजेट) र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए ।

Dabur Nepal
NIC Asia

अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको उनको भनाइ छ । सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको उनले बताए ।

“हिजो मात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक–पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलोपन ल्याउनुपर्छ भन्दै आएको थिएँ, त्यही खुकुलो आएको छ । अरू पनि केही पहलहरू भएका छन् । त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर कम भएर जान्छ । लगानीको वातावरण सहज बनाउँछ,” उनले भने, “वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने । जस्तो, अहिले मूल्यवृद्धि समग्रमा घटेको छ । कुनै वस्तुमा बढेको पनि होला, तर समग्रमा घटेको छ । विसंगतिहरूलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा हामी अघि बढेका छौँ । त्यहीअनुसार सरकार र कांग्रेस पार्टी पनि बलियो बनाउने, एकताबद्ध भएर अघि बढ्ने, बाहिर एउटा, भित्र एउटा नभई एउटै कुरामा जोड दिने हो । हामी व्यक्तिका नभई पार्टीका कुरा गर्ने हो, पार्टीले देशका र जनताका कुरा गर्ने हो ।”

अर्थमन्त्री भन्छन्– पुरस्कारको व्यवस्थाले सुन समातियो
आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद गरिएको उनले जिकिर गरे । सुन तस्करी प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही हुने अर्थमन्त्री डा. महतले बताए ।

भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्नेमा उनले जोड दिए ।

“...मैले बजेटमा नै प्रस्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरूलाई, अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो । मलाई लाग्छ, त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ,” उनले भने, “कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग, अनियमितता, गैरकानुनी काम गर्न नदिन कटिबद्ध छ । त्यहीअनुसार काम भइरहेको छ । छानबिनका लागि अनुसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासीनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भई कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ ।”

पार्टी केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेसँगै भ्रम छर्न सक्ने गुञ्जायस नरहेको उनले बताए । बैठक लाइभ गरिँदा राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu