देश
काठमाडौं । काठमाडौं उपत्यका आसपासमा भारी वर्षा मापन भएको छ ।
पछिल्लो एक घण्टामा नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङ धुनीबेँसीसहितका स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार विष्णुमती नदी गोंगबुमा जलसतह बढिरहेको छ । विष्णुमती, मनोहरा, बल्खु खोलालगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १८:१६
प्रतिक्रिया दिनुहोस्