site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट आज ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

गएको असार २४ गते कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सपना प्रधान मल्लको इजलासले कोसी सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न आदेश दिएको थियो । आजदेखि लागातार सुनुवाइ हुने गरी मिति समेत तोकिएको थियो ।

आइतबार उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेका थियो । तर, सर्वोच्चको पेसी सूचीमा यो मुद्दा हेर्न नमिल्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro