site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सार्वजनिक सवारीसाधनमा चालक र सहचालकलाई पोसाक तथा परिचयपत्र अनिवार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । सार्वजनिक सवारीसाधनमा चालक र सहचालकलाई पोसाक तथा परिचयपत्र अनिवार्य अभियान सुरु गरिएको छ ।  सो अभियानको आइतबार भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले सुरुवात गरेका छन् । 

अभियान सुरु गर्दै उनले सार्वजनिक यातायातमा पोसाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको सुरुवात हुनु महत्वपूर्ण रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “सार्वजनिक यातायात भनेको जनताका यातायात हुन् । आम जनताले उपभोग गर्ने सवारीसाधनहरू सफा हुनुपर्छ, चालक, सहचालक, कर्मचारीहरूले पोसाक लगाउने कुरा परिचयको निम्ति पनि राम्रो हुन्छ, परिचयपत्र लगाउने कुरा हामीले अभियानको रूपमा अघि बढाएको छौँ ।” 

चालक, सहचालकहरूको राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुसी हुने भएकाले यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिइएको उनले बताए ।  

Global Ime bank

यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको पनि उनले जानकारी दिए । 

यसअघि पनि सो अभियान चलाइएको थियो । तर पूर्णरूपमा कार्यान्वयन हुन सकेको थिएन । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय