site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नो–आफ्नो पसल थापेर बसेका कम्युनिष्टहरूलाई एकताबद्ध गर्नुपर्छ : माधव नेपाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । 

आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्युनिष्ट पार्टीहरू आफ्ना–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । 

उनले भने, “कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्युनिष्ट पार्टीहरू आफ्नो–आफ्नो पसल थापेर बसेका छन्, आफ्ना–आफ्नै पाराले चलिरहेका छन्, एकताबद्ध गर्नुपर्छ ।” 

उनले मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरूबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए । उनले कम्युनिष्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए । अध्यक्ष नेपालले कम्युनिष्टहरूरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए । 

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउन आफू सकारात्मक रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro