site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक हप्ता बसेर सकियो नेकपा (एस)काे सचिवालय बैठक, के भयो निर्णय ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे सचिवालय बैठक एक सातापछि सकिएको छ । गएकाे शुक्रबारदेखि बसेकाे बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्मकाे बैठक बाेलाउने निर्णय गरेकाे छ ।

बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनकाे मिति केन्द्रीय सचिवालयकाे प्रस्तावमा केन्द्रीय कमिटी बैठकले तय गर्ने उपमहासचिव प्रकाश ज्वालाले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठक साउन १५ गते बस्ने छ । साउन १६ र १७ गते स्थायी कमिटी बैठक र १८ र १९ गते पाेलिटब्युराे बैठक बस्ने छ । केन्द्रीय कमिटी बैठक साउन २० र २१ गते बाेलाउने निर्णय भएकाे छ । 

अब सदस्यता नवीकरण गर्ने कामलाई पनि अघि बढाइने छ ।

ज्वालाले बैठकमा राजनीतिक वैचारिक विषयमा लामाे छलफल भएको बताए ।

"सबै इस्यूलाई एकरूपताका साथ लैजाने निष्कर्ष निकालेका छाैँ । बैठककाे सबैभन्दा ठूलाे उपलब्धि हाे । क्रान्तिकाे विषयमा कार्यक्रम, राष्ट्रिय इस्यूमा एकीकृत धाराणा बनाएर अघि बढ्ने निष्कर्ष निकालिएकाे छ," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro