site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणेश बस्नेतविरुद्ध उजुरी परेपछि पत्रकार महासंघले जनायो आपत्ति
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

जनता टाइम्स डटकमका प्रधानसम्पादकसमेत रहेका बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणबारे गलत अफवाह फैलाएको दाबीसहित उजुरी दर्ता गरेको थियो । 

महासंघले सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेनले प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको बताएको छ । 

महासंघले बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन माग गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro