site stats
बाह्रखरी :: Baahrakhari
देश
विमानस्थलबाट बरामद सुनको मुचुल्का तयार
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट बरामद गरेको सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पठाउने तयारी भइएको बताएको छ ।

अनुसन्धान विभागका अनुसार अहिले मुचुल्का तयार भएको छ । केही समय पछि राष्ट्र बैंकको टक्सार महाशाखामा पठाउने तयारी भइरहेको राजस्व अनुसान्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

“सुन जोख्न राष्ट्र बैंक लैजाने तयारी भइरहेको छ । हामीले मुचुल्का तयार पारिसकेका छौँ । केही बेरमा सुन जोख्न राष्ट्र बैंक लगिनेछ,” उनले भने । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्