site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केपी ओलीको कम्बोडिया कनेक्सन ! हुन सेनसँगको घनिष्ठ सम्बन्ध कसरी बन्यो ? 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राति दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडिया प्रस्थान गरेका छन् ।  कम्बोडियाको निर्वाचन आयोगको निमन्त्रणमा संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी त्यसतर्फ गएका हुन् । 

नेकपा एमालेका विदेश विमाग प्रमुख राजन भट्टराईका अनुसार निर्वाचन पर्यवेक्षण सकिएपछि अध्यक्ष ओलीले कम्बोडियाका प्रधानमन्त्री तथा कम्बोडियन पिपुल्स पार्टी (सीपीपी)का अध्यक्ष हुन सेनसँग भेटवार्ता गर्नेछन् । 

३८ वर्षदेखि निरन्तर कम्बोडियाको प्रधानमन्त्री रहेका हुन सेनसँग पछिल्लो पाँचवर्षमा ओलीको यो चौथो भेटघाट हुनेछ ।  २०७५ असोज १३ गतेयता उनीहरुबीच तीनपटक भेटवार्ता भइसकेको छ । 

Dabur Nepal
NIC Asia

पछिल्लो पाँच वर्षयता ओली र हुन सेनबीच पहिलो भेट २०७५ असोज १३ गते अमेरिकाको न्यूयोर्कमा भएको थियो ।  ओली र हुन सेन दुवै संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सरकार प्रमुखको रुपमा सहभागी हुन न्यूयोर्क गएका थिए । सोही बेला साइडलाइनमा उनीहरुबीच भेटवार्ता भएको थियो । 

त्यसपछि काठमाडौंमा आयोजना गरिएको एसिया–प्यासिफिक समिटमा भाग लिने क्रममा २०७५ मंसिर १३ देखि १४ गतेसम्म हुन सेनले नेपालको भ्रमण गरेका थिए ।  सोही बेला प्रधानमन्त्री रहेका ओली र हुन सेनबीच भेटवार्ता भएको थियो । भेटवार्तामा हुन सेनले ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए । 

कम्बोडिया जान ओलीले कुनै ढिलाई गरेनन् । उनी २०७६ वैशाख अन्तिम साता भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका थिए ।  प्रधानमन्त्रीको रुपमा ओलीले वैशाख ३० गतेदेखि कम्बोडियाको तीन दिने भ्रमण सुरु गरेका थिए । भ्रमणका बेला नेपाल र कम्बोडियाले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए । 


“नोम पेन्हमा भएको कार्यक्रममा प्रधानमन्त्री हुन सेन स्वयम् उपस्थित भएर कम्बोडियाका लगानीकर्ताहरुलाई नेपाल प्राथमिकताको सूचीमा राख्न आह्वान गर्नुभएको छ,” चार वर्षअघि कम्बोडिया भ्रमणबाट फर्केपछि ओलीले भनेका थिए । 

उक्त बेला एक वर्षको अवधिमा ओली र हुन सेनबीच तीन पटक भेटवार्ता भएको थियो ।  त्यसपछि ओली र हुन सेनबीच अहिले भेटवार्ता हुन लागेको हो ।  मंगलबार राति कम्बोडिया प्रस्थान गरेका एमाले अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, ओलीको स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन् । 

अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच के कारण यस्तो घनिष्ठ सम्बन्ध भयो होला, जसकाकारण उनीहरु पटक पटक भेटिरहन्छन् ? नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई भन्छन्, “दुवैजना विकास प्रेमी नेता भएकोले ।”
 
ओली प्रधानमन्त्री हुँदा उनको विदेश मामिला सल्लाहकारसमेत रहेका भट्टराईको बुझाईमा ओली र हुन सेनबीच तीन कारणले सम्बन्ध राम्रो भएको छ । यसैकारण उनीहरुबीच पटक पटक भेटघाट हुने गरेको हो ।

“पहिलो, कम्बोडिया पनि नेपाल जस्तै अतिकम विकसित राष्ट्र थियो । उसले अहिले अपग्रेड गरेको छ । नेपाल अपग्रेड हुँदैछ । दुवैको अवस्था उस्तै भएकोले एकअर्काको धेरै चासोहरु मिले,” भट्टराईले भने । 

दोस्रो कारण– नेपाल र कम्बोडिया दुवै देशले द्वन्द्वपछि विकासलाई तिव्रता दिन खोज्नु । दुवै देश द्वन्द्वबाट बाहिर निस्केर विकासलाई प्राथमिकतामा राखेकोले एकअर्काका चासोहरु मिल्न जाँदा दुई नेताबीच सम्बन्ध घनिष्ठ बनेको उनको विश्वास छ ।  

तेस्रो कारण– बुद्ध धर्म हो । कम्बोडियामा बुद्ध धर्म मान्नेको संख्या ठूलो छ । बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा छ । उनीहरुको लुम्बिनीप्रति धेरै नै चासो छ । उनीहरु लुम्बिनी घुम्न चाहन्छन् ।  कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग यसपटक हुने भेटवार्तामा पनि लुम्बिनीलाई केन्द्रमा राखेर छलफल हुने उनले जनाए। 

तर जानकारहरुका अनुसार ओली र हुन सेनको पृष्ठभूमि एउटै खालको छ । हुन सेना तानाशाही नेता हुन् । ओली पनि आफ्नो कार्यकालमा सोही पथमा थिए । 

“व्यक्तित्व र स्वभावमा पनि ओली र हुनबीच समानता भेटिन्छ,” एक नेताको टिप्पणी छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro