site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अल्जेरियामा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

अल्जियर्स । अल्जेरियाको दक्षिणी भागमा आज बिहान यात्रुवाहक एउटा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट सहरमा यात्रुबाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा उक्त हताहति भएको उद्धारमा संलग्न एक अधिकारीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुईवटा सवारीसाधन ठोक्किँदा बसमा आगो लागेको थियो । उद्धारकर्मीहरुले जलेका केही शव निकालेका छन् ।

दुवै सवारीसाधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Global Ime bank

गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन हजार ४०९ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ । राससरएएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement