site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रातृ संस्थामा पद दिँदा घरको अंश काटेर दिने सोचबाट माथि उठौँ : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले भ्रातृ संस्था मरणासन्न अवस्थामा रहेको बताएकी छन् । यसको असर तीन तहको निर्वाचनमा परेको उनले बताइन् ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले तरूण दलमा पनि आफ्नो गुटबाट माथि उठेर नेतृत्व नदिइएको बताइन् ।

“पद दिँदा घरको अंश काटेर दिने सोचबाट माथि उठ्न आग्रह गर्छु,” उनले भनिन् । उनले गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा महिला उमेदवार मारमा परेको बताएकी छन् ।

केन्द्रीय सदस्य थपलियाले प्रमुख÷उपप्रमुखमा महिला अनिवार्य भने पनि गठबन्धनका कारण महिला उमेदवार कांग्रेसले बनाउन नसकेको बताइन् । आगमी दिनमा यो कुरालाई विचार गर्न पनि उनले आग्रह गरिन् ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro