site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘त्यो डोकोले तपाईँहरूलाई पनि भीरबाट फाल्ने अवस्था नआओस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले नेताहरुले गुट अन्त्य भएको घोषणा गरे आधा संगठन बन्ने दाबी गरेका छन् ।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा उनले काम हुनुअघि कुन गुटको भन्ने हेर्ने चलन रहेको बताए । उनले नेता गणेशमान श्रेष्ठले भने जस्तै कुकुरले नभएर पुच्छरले पार्टी हल्लाएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“गणेशमानजीले भनेजस्तो पुच्छरले कुकुर हल्लाइरहेको छ । हाम्रो पालिकामा निर्वाचित जनप्रतिनिधि पार्टीले काम गर्दैन भन्छन्,” उनले भने । पार्टी र निर्वाचित पदाधिकारी तथा पार्टी मन्त्रीहरु र पार्टीबीचको तादम्य मिलाउनुपर्ने आवश्यकता उनले औँल्याए ।

उनले एउटा बच्चाले बाबुले आफ्ना बाबुलाई भीरबाट खसाल्दा डोको राख्नु भनेको लोक कथा सुनाए । उनले पार्टीका महामन्त्रीहरुतर्फ लक्षित गर्दै त्यो डोको रहने र भीरबाट खसाल्नुपर्ने परिस्थिति नआओस् भन्दै कटाक्ष पनि गरे ।

Global Ime bank

“...तिमी पनि बुढो भएपछि त्यहीँ हाल्नुपर्छ मैले । डोको हुँदैन मसँग । त्यही डोको राख भनेछ,” कथा सुनाउँदै उनले कटाक्ष गरे, “तपाईँहरुले अहिले जसलाई भीरबाट फाल्न खोज्नु भएको छ, डोको रहन्छ है । त्यो डोकोले तपाईँहरुलाई पनि भीरबाट फाल्ने अवस्था नबाउनुहोस्, मेरो नेताज्यूहरुसँग अनुरोध छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय