site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

देशकै पुरानो र ठूलो वीर अस्पतालमा बिहान ८ बजेबाट नै बहिरङ्ग सेवा दिन थालिएको छ । सेवाग्राहीको सुविधालाई महत्त्व दिएर गरिएको यो व्यवस्था सराहनीय त छँदैछ अनुकरणीय पनि हो ।


वीर अस्पतालमा सेवाग्राहीहरूको भिड थामिनसक्नु हुनेगरेको छ । सायद, यही कारणले अपेक्षाकृत आर्थिक अवस्था कमजोर भएकाहरूको सङ्ख्या धेरै हुने मानिएको वीर अस्पतालमा बहिरङ्ग सेवा बिहानैदेखि सुरु गर्न लागिएको हो । 


वीर अस्पतालले भिड व्यवस्थापनको अध्ययन गरी बिहान १० बजेको सट्टा ८ बजेबाटै सेवा दिन सुरु गरिएको बताइएको छ । अब टिकट काउन्टर र ल्याब पनि ७ बजे नै खुल्नेछ ।   

Prabhu Bank
Agni Group
NIC Asia


सरकारी अस्पताललगायतका संघ संस्थामा अहिलेसम्म सेवाग्राहीभन्दा कर्मचारीको सुविधालाई प्राथमिकता दिने गरिएको छ । यसैले वीर अस्पतालले सेवाग्राहीको सुविधालाई प्राथमिकता दिनु पक्कै पनि सकारात्मक उपलब्धि हो ।


सामान्यतः नागरिकले महँगो शुल्क तिर्नुपर्ने सेवा पनि सेवाग्राहीलाई सजिलो हुनेगरी होइन कर्मचारीको सुविधाअनुसार उपलब्ध गराइन्छ । नागरिकलाई ‘मामुली’ ठान्ने र सरकारी कर्मचारीलाई ‘विशेष’ मान्ने मानसिकता सरकारका सबै अङ्ग र निकायमा छ ।

Global Ime bank


बस बिसौनीसमेत यात्रुको सुविधाअनुसार नभई ट्राफिक प्रहरीलाई सजिलो हुनेगरी तय गरिने मुलुकमा बिरामीलाई सजिलो हुनेगरी अस्पतालको सेवा दिन थाल्नु पत्याउनै गाह्रो यथार्थ भएको छ । सार्वजनिक सेवाका अरू क्षेत्रले पनि यसको सिको गर्नुपर्छ ।


लोकतान्त्रिक पद्धतिमा सार्वजनिक सेवा प्रवाह गर्ने निकायले सेवाग्राहीको सुविधालाई प्राथमिकता दिने गर्नुपर्छ । यसैले प्रशासनिक सुविधा हेरेर अरू निर्णय गर्ने परम्परागत प्रवृत्ति अन्त्य हुनु आवश्यक छ ।


अरू अस्पतालहरू र विशेषगरी सेवाग्राहीको बढी भिड हुने र प्रशासनिक झन्झट धेरै हुने कार्यालयहरूले आआफ्ना काम गराइको समीक्षा गरून् । त्यस्ता कार्यालयका तालुक राजनीतिक र प्रशासनिक नेतृत्वमा रहेकाहरूले सुधारका लागि अग्रसरता देखाए सेवाग्राही लाभान्वित हुनेछन् ।  


केही दिन पहिले सबै शय्या निःशुल्क बनाएको वीर अस्पतालले सुरु गरेको सेवाग्राहीको सुविधालाई महत्त्व दिने अभ्यास अरूका लागि अनुकरणीय छ । आशा गरौँ, छिटै नै देशका सबै तहका सरकारका कार्यालयहरूको कार्यशैलीमा जनमुखी परिवर्तन हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !