काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५०० का ६३३ थान नोटसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आज इन्डिगो एयरबाट काठमाडौंबाट भारत जाने क्रमममा त्रिभुवन विमानस्थलबाट भारतीय अरूण अम्बातकारलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट भारतीय २००० दरका ९ थान नोट पनि बरामद गरेको छ । उनको साथमा सुनजस्तो देखिने धातुको ब्रासलेट, पथर जडित एउटा औँठीसहित चारवटा औँठी र एउटा सिक्री पनि बरामद गरेको छ । जुन करिब १२७.८५ ग्रामको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आजै नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५०० का ६९८ थान नोठ चारहजार अमेरिकी डलरसहित बंगलादेशी नागरिक मोहम्मद यशुफ अलीलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले एकैदिन दुवैजनाबाट गरी कुल १३ सय ३१ थान भारतीय पाँचसयका नोट बरामद गरेको हो ।
उनीहरूलाई दुवै जनालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।