site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर ७५ चार्जिङ स्टेसन सञ्चालनमा, एकैपटक थप ५१ वटाको उद्घाटन हुँदै
फाइल तस्बिर ।

काठमाडौं । विश्व बजारमा झैँ नेपालमा पनि विद्युतीय गाडी (ईभी)को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ । विद्युतीय गाडीको प्रयोग बढेसँगै गाडी चार्ज गर्ने अत्यावश्यक पूर्वाधार चार्जिङ स्टेसन निमार्णको गति पनि बढ्दै गएको छ ।

कतिपय ईभी प्रयोगकर्ताले चार्जिङ स्टेसन पर्याप्त नभएको गुनासो गर्ने गरेका छन् । तर, अब विस्तारै यो समस्या कम हुँदै जाने देखिएको छ ।

पछिल्लो समय देशभर चार्जिङ स्टेसनको निमार्ण बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरण आफैँले पनि पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न ठाउँमा चार्जिङ स्टेसन बनाएको छ ।

हाल विद्युतीय सवारी उत्पादन एवं बिक्री गर्दै आएका टाटा, हुन्डाई र बीवाईडी जस्ता कम्पनीले देशभर ७५ वटा चार्जिङ स्टेसन सञ्चालन गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणका आयोजना प्रबन्धक (प्राजेक्ट म्यानेजर) इन्जिनियर सागरमणि ज्ञवालीले निजी कम्पनीहरूले बनाएका ७५ वटा चार्जिङ स्टेसन सञ्चालनमा रहेको बताए ।

उनका अनुसार प्राधिकरण आफैँले निमार्ण गरेका थप ५१ वटा चार्जिङ स्टेसन यही साउन १० गते उद्घाटन गर्ने तयारी छ । 

“जुलाई २६ मा ५१ वटा चार्जिङ स्टेसन उद्घाटन गर्दै छौँ । यी चार्जर मुख्य राजमार्गहरूको ६० किलोमिटर आसपासमा रहेका छन्,” बाह्रखरीसँग उनले भने, “भित्री सडकहरू र पहाड जोड्ने सडकमा पनि चाँडै चार्जिङ स्टेसन थप्दै छौँ ।”

हाल सञ्चालनमा रहेका चार्जिङ स्टेसन १०, २० र बढीमा ३० किलोवाट क्षमताका हुन् । तर, विद्युत प्राधिकरणले निमार्ण गरेका चार्जिङ स्टेसन भने १४२ किलोवाट क्षमताका भएको उनले बताए । उनका अनुसार यी चार्जिङ स्टेसनबाट एकैपटक तीन वटा गाडी चार्ज गर्न मिल्छ ।

गाडी चार्ज गर्न लाग्ने समय गाडीमा रहेको ब्याट्री र गाडीले कति पावर रिसिभ गर्छ भन्नेमा भर पर्ने प्राधिकरणका प्रबन्धक ज्ञवालीको भनाइ छ ।  धेरै जसो गाडीहरू फास्ट चार्जरबाट एक घण्टामा ८० प्रतिशत भन्दा बढी चार्ज हुन्छन् ।

यस्तै, हाल ७० वटा चार्जिङ स्टेसन बनाउनका लागि निवेदनहरू आएको प्राधिकरणले जनाएको छ । निवेदन दिएका कम्पनीहरूले विभिन्न ठाउँमा नयाँ चार्जिङ स्टेसन बनाउन थालेको विद्युत प्राधिकरणको भनाइ छ ।

यसले विद्युतीय गाडीको प्रयोग बढेसँगै देशभर चार्जिङ स्टेसनको नेटवर्क समेत तीव्र रूपमा विस्तार हुन थालेको संकेत गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro