राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक वडामा कम्तीमा दुईजनालाई छात्रवृत्ति दिने प्रस्ताव ल्याएको छ ।
आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले हरेक वर्ष भदौ २९ गते पर्ने बाल दिवसको अवसरमा 'कांग्रेस विपन्न छात्रवृत्ति' दिने प्रस्ताव गरेका हुन् ।
जसअनुसार कांग्रेसको प्रत्येक वडा कार्यसमितिले सामुदायिक विद्यालयमा पढ्ने कम्तीमा दुई विपन्न विद्यार्थीका लागि छात्रवृति दिने गरी अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १६:०२
प्रतिक्रिया दिनुहोस्