site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपान्तरण अभियानलाई देउवाले समय दिएनन्, पदाधिकारीलाई प्रतिवेदन बुझाउने 

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले समय नदिएपछि नेपाली कांग्रेस रुपान्तरण अभियानले आफ्नो प्रतिवेदन पार्टी पदाधिकारीलाई बुझाउने तयारी गरेको छ । अभियानले सातै प्रदेश र डायसपोरा पुगेर पार्टी रूपान्तरणका लागि नेता कार्यकर्तासँग छलफल गरी तयार गरेको प्रतिवेदन बुझ्न सभापति देउवाले अस्वीकार गरेका छन् । 

अभियन्ता तथा कांग्रेस नेता रञ्जित कर्णले एक हप्तादेखि समय माग गरे पनि पार्टी सभापतिले समय नदिएको बताए । 

“हप्तादिनदेखि मागेको सभापतिबाट समय पाएनौं । आज केन्द्रीय समिति बैठक अघि सके सभापति नभए उपसभापति महामन्त्रीसहित अन्य पदाधिकारीलाई प्रतिवेदन बुझाउँछौं,” कर्णले भने । 

रूपान्तरण अभियानले पार्टी जनमाझ अलोकप्रिय हुँदै गएको, संगठन सुस्त भएको, पार्टीको कार्यशैली प्रभावकारी नभएको, युवामाझ आकर्षण घटेकोलगायत विभिन्न विषयमा नेता कार्यकर्ताबाट सुझाव संकलन गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro