site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
क्यामेरा जडानकार्य भइरहेको छ, बैठक लाइभ हेर्न पाइन्छ : मीन विश्वकर्मा 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै छ । पार्टीका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रत्यक्ष प्रसारणको तयारी भइरहेको जानकारी दिए ।

आज दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।

Dabur Nepal
NIC Asia

सभापति शेरबहादुर देउवाको निर्देशनमा बैठकको प्रत्यक्ष प्रसारणको तयारी गरिएको विश्वकर्माले बताए ।

“अहिले हामीसँग उपलब्ध क्यामेरा प्रयोग गरेर हाम्रो आधिकारिक फेसबुक पेजबाट बैठक लाइभ गर्ने तयारी भएको हो । प्राविधिक साथीहरूले काम गरिरहनुभएको छ,” उनले बाह्रखरीसित भने, “बैठक सुरु भएपछि सधैँझै मिडियाका साथीहरूलाई फोटो भिडियो खिच्न दिइन्छ । त्यसपश्चात् सबै लाइभ हुन्छ । बेलाबेला मिडिया सेन्टरबाट हामी ब्रिफिङ पनि गर्छौँ ।”

सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । बैठकमा बोलेका सबै कुरा मिडियामा छताछुल्ल भएको र यसले गलत सन्देश गएको भन्दै उनले लाइभ गर्ने प्रस्ताव गरेको देउवानिकट सहमहामन्त्री महेन्द्र यादव बताउँछन् ।

उनका अनुसार सभापति देउवाले आज एक दिन लाइभ गर्ने र प्रभावकारी भए निरन्तरता दिने र नभए लाइभ नगर्ने प्रस्ताव गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro