site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक वर्षको पहिलो दिन ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ ।

सोमबार दुई अर्ब ५६ करोड रुपैयाँमा ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको हो । कारोबारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने, १३ को घट्दा ४ को स्थिर छ ।

सोमबार बीपीडब्ल्यू लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको सेयर मूल्य ९.९९ र ९.८७ प्रतिशतले बढेको छ ।

कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सबैभन्दा बढी ८.३७ प्रतिशतले घटेको छ । सोमबार २५७ कम्पनीको सेयर खरिदबिक्री भएको छ भने, ५० हजार २९९ कारोबार भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro