site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के आयो रोबिन तामाङको पोस्टमार्टम रिपोर्ट ?

काठमाडौं । गायक तथा अभिनेता रोबिन तामाङको मृत्युको कारण पत्ता लगाउन गरिएको पोस्टमार्टमको पूर्ण रिपोर्ट आउन अझै बाँकी छ । तर, मुटुको समस्याकै करण उनको मृत्यु भएको प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा देखिएको थियो । 

साथै कुनै विषालु पदार्थ सेवनका कारण मुटुमा असर पुगेको आशंकामा उनको रगतको नमुना लिएको थियो ।

सो नमुना नेपाल प्रहरीको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले बताए ।

तर, “त्यसको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि मात्रै विषालु पदार्थ सेवनका कारण मुटुमा असर पुगेको थियो वा थिएन भन्न सकिन्छ,” बाह्रखरीसँग उनले भने । 

असार १९ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा उनको निधन भएको थियो । मृत्युपछि पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल टिचिङ पुर्‍याइएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro