site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारको खर्च बढ्यो, राजस्व संकलनमा कमी
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु अर्थिक वर्ष २०७९/०८० को आज (असार ३१ गते) अन्तिम दिन हो । आर्थिक वर्षको अन्तिम दिन सबै सरकारी कारोबार बन्द हुन्छ । छुटपुट विवरण भने ‘सिस्टममा अपलोड’ गरिने महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । तर, असार ३० गतेसम्म १४ खर्ब २८ अर्ब ८९ करोड रुपैयाँ खर्च गरिएको छ । गत वर्षको असार मसान्तको तुलनामा यो रकम एक खर्ब ३२ अर्ब ४५ करोड रुपैयाँले कम हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत आर्थिक वर्षको असार ३२ गतेसम्म सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रूपैयाँ खर्च गरेको थियो । यसमा चालु, पुँजीगत र वित्तीय व्यवस्थापन खर्च समावेश छ ।

सरकारले यो वर्ष चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । असार ३० गतेसम्म चालुतर्फ १० खर्ब ६ अर्ब ८० करोड रुपैयाँ खर्च गरिएको छ । आज थप खर्च हुन सक्ने भएकाले यो रकम केही मात्रमा बढ्ने अनुमान गरिएको छ । गत वर्षको असार मसान्तसम्म चालुतर्फ सरकारले नौ खर्ब ६१ अर्ब ४७ करोड रपैयाँ खर्च गरेको थियो ।

Global Ime bank

यस्तै, पुँजीगततर्फ चालु वर्षमा सरकारले तीन खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । ६१.१७ प्रतिशत मात्र खर्च गरिएको छ । यो वर्ष पुँजीगत खर्च दुई खर्ब ३२ अर्ब ६८ करोड रुपैयाँ भएको छ । गत वर्ष तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ पुँजीगततर्फ खर्च गर्ने लक्ष्य राखिएकामा दुई खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो । यो लक्ष्यको ५७.२३ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

राजस्व संकलन साढे ६६ प्रतिशत
चालु आर्थिक वर्षमा सरकारले राजस्वबापत १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । असार ३० गतेसम्मको तथ्यांक हेर्दा लक्ष्यको ६६.६७ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

यो वर्ष साढे नौ खर्ब रुपैयाँ पनि राजस्व उठाउन नसकिने कार्यालयको आकलन छ । असार ३० गतेसम्म नौ खर्ब ३५ अर्ब ४७ करोड रुपैयाँ राजस्वबापत उठाइको छ ।

गत वर्ष राजस्वबापत ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकामा १० खर्ब ६७ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको थियो । यो लक्ष्यको ९० प्रतिशत हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement