site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चामा हरेक पार्टीबाट चार नेता रहने, यस्ता छन् बैठकका निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । समाजवादी मोर्चाका अध्यक्ष चार/चार महिनामा फेरिने भएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकबाट मोर्चाको कार्यविधि र आचारसंहिता तय गर्दै यस्तो निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । यसअघिको बैठकबाट ६ महिनामा नेतृत्व फेरिने निर्णय गरिएको थियो ।

मोर्चामा हरेक दलबाट चार/चार नेता रहने निर्णय पनि गरिएको छ । “चार/चार महिनामा मोर्चाको अध्यक्ष फेरिने र एउटा पार्टीबाट चारजना नेताले भाग लिन पाउने निर्णय गरिएको छ,” पाण्डेले भने ।

उनका अनुसार मोर्चामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ रहनेछन् ।

एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे र प्रवेश हमाल र महासचिव घनश्याम भुसाल रहने उनले बताए ।

जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहने निर्णय गरिएको पाण्डेले जानकारी दिए ।

मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहने भएका छन् ।

प्रदेश र जिल्लासम्म मोर्चाको संगठन बनाउन सकिने समेत निर्णय गरिएको छ ।

कार्यविधि बनाउन यसअघि बनाइएको चार सदस्यीय कार्यदलका नेताहरूलाई सचिवालय सदस्य बनाइएको उनले बताए । देव गुरुङ, प्रवेश हमाल, राजेन्द्र श्रेष्ठ र खड्गबहादुर विश्वकर्मालाई सचिवालय सदस्य बनाइएको हो ।

उनका अनुसार आउँदो साउन १२ गतेदेखि सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने निर्णय गरिएको छ । प्रदेशगत रूपमा मिति भने तय हुन बाँकी छ ।

वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको सभाको व्यवस्थापन एकीकृत समाजवादीले गर्ने निर्णय गरिएको छ । लुम्बिनी प्रदेशको सभाको व्यवस्थापन गर्ने जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले पाएको छ ।

कर्णाली प्रदेश र गण्डकी प्रदेशको सभाको व्यवस्थापन माओवादी केन्द्र र कोसी प्रदेश र मधेस प्रदेशको सभाको व्यवस्थापन जसपाले गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro