site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सबैको पार्टी हो : देउवा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको उल्लेख गरे । कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेकामा उनले जोड दिए ।

Dabur Nepal
NIC Asia

“यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो । विशेष गरी नेपालको राजनीतिमा सबैको भूमिका, सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै, सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ,” उनले भने, “त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ । एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति सबैको पार्टी हो । हाम्रो पार्टीमा बढीभन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै, आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ । सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा ।”

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu