site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी क्षेत्रमा भइरहेको छ भारी वर्षा, उच्च सतर्क रहन आग्रह 
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ । नवलपरासी, बर्दघाट, डन्डा र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । 

विनयी, अरुण, गिरुवारी खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक, पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो के हुन्छ ?

उक्त क्षेत्र हुँदै यात्रामा निस्किने, डुबान भइरहने होचो भू–भाग तथा तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

पाल्पा, स्याङ्जा र आसपासको क्षेत्रमा पनि पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । निस्ती खोलालगायत उक्त  क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro