site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्रीले 'मर्न खोज्ने कर्मचारीलाई डोरी लिएर गेटमा पठाइदिनू' भनेपछि...

काठमाडौं । पत्रकार सम्मेलनका क्रममा सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भनेका थिए– सरुवाको विषयलाई लिएर कुनै कर्मचारीले आत्महत्या गर्छु भन्यो भने डोरी लिएर मन्त्रीको गेटमा पठाइदिनू ।

जसलाई लिएर अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री बस्नेले सार्वजनिक कार्यक्रममै तीनपटकसम्म यस अभिव्यक्तिलाई दोहोर्‍याइसकेका छन् ।

'गैरजिम्मेवार' र 'संवेदनाहीन' अभिव्यक्ति दिन थालेपछि सरोकारवालाले मन्त्री बस्नेतको राजीनामा माग्न थालेका छन् । 

असार २५ गते आएको उनको पछिल्लो अभिव्यक्तिपछि सांसद र स्वास्थ्यकर्मी सम्बद्ध संघ संस्थाहरूले खुलेर विरोध गरेका छन् । 

यसअघि उनले नेपाल औषधि उत्पादक संघले काठमाडौंको होटल शंकरमा गरेको कार्यक्रममा र मन्त्रालयमै भएको पत्रकार सम्मेलनमा यही अभिव्यक्ति दिएका थिए । 

नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले मन्त्री बस्नेतको अभिव्यक्ति गैरकानुनी, गैरजिम्मेवार र आपत्तिजनक रहेको बताएको छ । महासंघले प्रेस विज्ञप्तिमार्फत मन्त्री पदको गरिमाको अवमूल्यन भएकाले नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ । 

sangh1689168471.jpg

पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी रास्वपा सांसद डा. तोसिमा  कार्कीले त 'तुच्छ र निकृष्ट' अभिव्यक्ति दिने स्वास्थ्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छन् । 

toshima1689168471.jpg

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने उल्लेख छ । त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने भनिएको छ ।

यस्तो गरेको पुष्टि भएमा कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । 

आत्महत्याबारे कुनै पनि सोच आएमा आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा जुनसुकै समयमा फोन गरेर तालिमप्राप्त परामर्शदाताहरूको सहयोग लिन सकिन्छ ।

सोमबारको पत्रकार सम्मेलनमा के भनेका थिए मन्त्री बस्नेतले ?

हामीले केही मान्छेलाई सरुवा गर्‍यौँ । यही ठाउँमा गर्नुपर्छ भनेर विभिन्न किसिमका तागतहरू लिएर आउने त छँदै छन् । हुँदाहुँदा कोही कोही त आत्महत्या गर्छु भनेर पनि आएछन् । सचिवज्यूहरू यहीँ दायाँबायाँ हुनुहुन्छ । एकदिन त एउटाले आएर म यहीँ आत्महत्या गर्छु पनि भनेछ । सचिवज्यूहरू मान्छेहरू भटाभट आत्महत्या गरिरहेका छन् । अब त्यस्तो घटना घट्ला कि भनेर अलि डराउनु पनि भएछ । अनि म कहाँ आइपुग्नुभयो । झन् उहाँको त कमलो मन (उनी प्रशासन सचिव देवकुमारी गुरागाइँतिर हेर्दै भन्छन्) । लौ अब केही गर्नुपर्‍यो आत्महत्या गर्छु भन्यो भन्नुभयो । मैले त कुरा बुझेको छु । उसो भए डोरी लगेर दिनुहोस्, र सचिवज्यूहरूकोमा झुन्डन अप्ठेरो लागेको भए मन्त्रीको गेटमा आएर झुन्डिनू भन्दिनुस् भन्दिएँ । त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिँड्नुभयो । यहाँ  घुर्काउने, तर्साउने सबैखाले कुरा भएका छन् । सबै कुरा पचाएन भने यो पूरा पनि नहुने भइसक्यो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro