site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा भएका ३८ हेलिकोप्टर दुर्घटनामा ९६ जनाको मृत्यु, किन कमी आएन ?
SkywellSkywell

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेसँगै नेपालमा हालसम्म ३८ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । मंगलबार बिहान सोलुखुम्बको लिखुपिके–५ लामजुरामा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ ।

नेपालमा पहिलोपटक सन् १९७९ को डिसेम्बर २७ मा नेपाली सेनाको भीभीआईपीको हेलिकोप्टर दुर्घटना भएको थियो । लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

त्यसयता नेपालमा हालसम्म ३८ वटा हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एभियसन सेफ्टी' रिपोर्टमा उल्लेख छ । हालसम्म हेलिकोप्टर दुर्घटनामा ९६ जनाको मृत्यु भएको छ ।

KFC Island Ad
NIC Asia

यसरी दुर्घटना भइरहँदा नेपाली आकाशमाथि निरन्तर प्रश्न उठ्ने गरेको छ । विभिन्न समयमा हुने दुर्घटनालाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को भूमिकासँग पनि जोडिन्छ । तर, प्राधिकरण यसलाई मान्न तयार छैन । 

"हामीले नियामकका रूपमा गर्नुपर्ने काम कडाइका साथ गरिरहेका छौँ । पछिल्लो समय भएका दुर्घटनाले हामीलाई झस्काएको छ । हामी पनि थप सचेत हुन्छौँ । तर, वायुसेवा कम्पनी र पाइलट बढी जिम्मेवार हुनुपर्छ । तर, क्यान चुकेको जस्तो लाग्दैन," क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बाह्रखरीसँग भने ।

Royal Enfield Island Ad

किन हुन्छ दुर्घटना ?

क्यानका अनुसार नेपालमा विशेष गरी तीनवटा कारणले हेलिकोप्टर दुर्घटना हुने गरेको छ; पहिलो मौसम, दोस्रो प्राविधिक कारण र तेस्रो मानवीय त्रुटि ।

हेलिकोप्टर उडानका लागि पाँच किलोमिटरसम्मको भिजिबिलिटी अनिवार्य हुन्छ । यसैगरी बादल सतहबाट १५ सय फिट भन्दा माथि भएपछि मात्र हेलिकोप्ट उडान गर्न पाइन्छ ।

क्यानका सहप्रवक्ता भुलको भनाइमा नेपालमा भएका अधिकांश हेलिकोप्टर उड्दाउड्दै मौसम बिग्रिँदा भएका छन् । "नेपालमा भएका करिब ७० प्रतिशत हेलिकोप्टर उड्दाउड्दै मौसम बिग्रिँदा नियन्त्रण गुमाएर डाँडाकाँडामा ठोक्किँदा भएका छन्," उनले भने ।

त्यसैगरी आकाशमा उड्दै गर्दा प्राविधिक समस्या आएर हुने आगलागीका कारण नियन्त्रण गुमाएर हेलिकोप्टर दुर्घटना हुने गरेको छ । 

क्यानले तेस्रो कारणकारूपमा कहिलेकाहीँ पाइलबाट हुने मानवीय त्रुटिलाई लिएको छ । 

"चौथो कारण अवतरणका क्रममा आउने समस्या रहेको छ । जसमा धेरै भारी हुँदा पनि अवतरणमा समस्या आउने गरेको छ," उनले भने ।

क्यानले दुर्घटनामा कमी ल्याउन कारबाहीको दायरालाई पनि बढाएको छ । अर्कोतिर पाइलटले उडान गर्न पाउने समय पनि घटाएको छ । तर, दुर्घटनामा कमी आउन सकेको छैन ।

"कारबाही गर्ने काम भइरहेको छ । कारबाहीको दायरा बढाएका छौँ । अहिले पाइलटले उडान गर्ने समय १५ घण्टाबाट १० घण्टामा झारेका छौँ । तर, पनि दुर्घटनामा कमी आएको देखिँदैन । कारबाही मात्र समाधान होइन," भुलले भने । 

कुन कम्पनीको हेलिकोप्टर कहिले दुर्घटना भयो ?

नेपाली आकाशमा पहिलोपटक सन् १९७९ मा भएको हेलिकोप्टर दुर्घटनापछि सन् १९९३ अप्रिल २७ मा हिमालयन हेलिकोप्टर लाङटाङमा दुर्घटना भएको थियो । त्यसपछि सन् १९९६ मा नेपाल एयरवेजको हेलिकप्टर सोटाङमा दुर्घटना भएको थियो ।

यस्तै, सन् १९९७ सेप्टेम्बर ३० मा कर्णाली एयरको सोलुखुम्बुको थुप्तेनचोलिङ दुर्घटना भएको  थियो । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो ।

सन् १९९७ कै डिसेम्बर १३ मा गोर्खा एयरलाइन्सको हेलिकोप्टर कालिकोटमा दुर्घटनामा पर्‍यो ।

यस्तै, सन् १९९८ को जनवरी ४ मा भीभीआईपी फ्लाइट दिपायलमा दुर्घटना भएको थियो । सन् १९९८ को अक्टुबर २४ मा एसियन एयरलाइन्सको हेलिकोप्टर मुलखर्कमा दुर्घटनामा परेको थियो । जसमा तीनजनाले ज्यान गुमाए ।

सन् १९९९ को अप्रिल ३० मा कर्णाली एयरको हेलिकोप्टर सिन्धुपाल्चोकको लिसङ्खूमा दुर्घटना भएको थियो । सन् १९९९ कै मे १३ मा मनकामना एयरवेजको हेलिकोप्टर रामेछापमा दुर्घटना भएको थियो ।

सन् २००१ सेप्टेम्बर ११ मा एयर अनन्याको हेलिकोप्टर हुम्लाको मिमिमा दुर्घटना भएको थियो ।

यस्तै, २००१ कै नाभेम्बर १२ मा फिस्टल एयरको हेलिकोप्टर मुगुको रारामा दुर्घटना हुँदा चारजनाले ज्यान गुमाए ।

सन् २००२ मे १२ मा कर्णाली एयरको हेलिकोप्टर मकालु बेसक्याम्पमा दुर्घटना भएको थियो । २००२ कै सेप्टेम्बर ३० मा एसियन एयरलाइन्सको हेलिकोप्टर सोलुखुम्बमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो । एसियन एयरलाइन्सको अर्काे हेलिकोप्टर सोलुखुम्बमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको थियो ।

यस्तै, सिम्रिक एयरको हेलिकोप्टर २००३ मे २८ मा एभेरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । सन् २००५ जनवरी ४ मा भएको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर रामेछापमा दुर्घटनामा पर्दा तीनजनाको ज्यान गयो ।

सन् २००५ को जुन २ मा एभरेस्ट बेस क्याम्पमा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको थियो । सन् २००६ मे ७ मा हेलिहस्ना सर्भिसको हेलिकोप्टर धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको थियो । सन् २००६ कै अगस्ट ८ मा कर्णाली एयरको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । सन् २००६ को सेप्टेम्बर ३ मा एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको थियो ।

सन् २००६ सेप्टेम्बर २३ मा श्री एयरलाइन्सको हेलिकोप्टर ताप्लेजुङको घुस्नामा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो । सन् २००६ नोभेम्बर २३ मा सिम्रिक एयरको हेलिकोप्टर जुम्लाको रारालिहीमा दुर्घटना भएको थियो ।

सन् २००८ जुन २९ मा फिस्टल एयरको हेलिकोप्टर अन्नपूर्ण बेस क्याम्पमा दुर्घटना भएको थियो ।

सन् २०१० नोभेम्बर ७ मा फिस्टल एयरकै हेलिकोप्टर आमाडब्लाम माउन्टेनमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । सन् २०११ नोभेम्बर २९ मा सोलुखुम्बुमा फिस्टल एयरकै हेलिकोप्टर दुर्घटना भएको थियो ।

सन् २०१३ जुन १९ मा पनि फिस्टल एयरको हेलिकोप्टर सिमिकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो ।

सन् २०१४ अगस्ट ३ मा सिन्धुपाल्चोकमा भएको फिस्टल एयरकै अर्को हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको थियो ।

सन् २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टरको हेलिकोप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । सन् २०१५ जुन २२ मा भएको सिम्रिक एयरको हेलिकोप्टर गोर्खाको सम्डुमा दुर्घटना भएको थियो ।

सन् २०१६ मार्च १७ मा फिस्टल एयरको हेलिकोप्टर लाङटाङमा दुर्घटना भएको थियो । सन् २०१६ अगस्ट ८ मा नुवाकोट बेटनीमा भएको फिस्टल एयरकै हेलिकोप्टर दुर्घटनामा सातजनाको मृत्यु भएको थियो ।

सन् २०१८ जुन ३० मा सिम्रिक एयरको हेलिकोप्टर ग्रान्ड रुफटप हेलिप्याडमा दुर्घटना भएको थियो ।

सन् २०१८ अगस्ट १४ मा मनाङ एयरको हेलिकोप्टर हुम्लाको हिस्लामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो ।

सन् २०१८ सेप्टेम्बर ८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धाडिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

सन् २०१९ फेब्रुवरी २७ मा भएको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथिभरामा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो ।

सन् २०१९ को अप्रिल १४ मा लक्ला एयरपोर्टमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो ।

सन् २०२३ मा मे ५ मा सिम्रिक एयरको हेलिकोप्टर संखुवासभामा दुर्घटना हँदा एकजनाको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro