site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अफगानिस्तानविरुद्धको अन्तिम खेलमा बंगलादेशको सान्त्वना जित
SkywellSkywell

काठमाडौं । अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा घरेलु टिम बंगलादेशले सान्त्वना जित निकालेको छ ।

तीन खेलका लागि बंगलादेश भ्रमणमा रहेको अफगानिस्तानले यसअघिका लगातार दुई खेल जित्दै शृंखला जितेको थियो ।

मंगलबार चटोग्राममा सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानविरुद्ध सात विकेटको सहज जित निकाल्यो । अफगानिस्तानले प्रस्तुत गरेको १२७ रनको सामान्य लक्ष्य बंगलादेशले २३.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

Dabur Nepal
NIC Asia

बंगलादेशको जितमा कप्तान लिटोन दासले अविजित ५३ रन बनाए । दासले ६० बलमा तीन चौका र दुई छक्का प्रहार गरे । साकिब अल हसनले ३९ रन थपे । तोहिद ह्रदोयले २२ र नज्मुल हुसैन सान्तोले ११ रन बनाए । बंगलादेशका ओपनर मोहम्मद नैम भने डक भएका थिए ।

अफगानिस्तानका फजलहक फारुकीले दुई र मोहम्मद नाबीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४५.२ ओभरमा सबै विकेट गुमाएर १२६ रनको योगफल खडा गरेको थियो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले ५६ रन बनाए । कप्तान हस्मतुल्लाह साहिदीले २२, मुजिब उर रहमानले ११ र नजिबुल्लाह जद्रानले १० रन जोडे ।

अफगानिस्तानलाई सस्तैमा समेट्न बंगलादेशका सोरिफुल इस्लामले चार विकेट लिए । नौ ओभर बलिङ गरेका इस्लामले एक मेडन राख्दै २१ रन खर्चिए ।

ताक्सिन अहमेद र ताइजुल इस्लामले समान दुई विकेट लिए । मेह्दी हसन र साकिब अल हसनले एक–एक विकेट लिए ।

हारका बावजुद अफगानिस्तानले शृंखला २–१ ले जितेको छ । अब यी दुई टिमबीच दुई खेलको ट्वान्टी–२० शृंखला हुनेछ । यी दुई टिमबीचको पहिलो खेल शुक्रबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu