site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्गा प्रसाईंसँग ३० करोड माग, नदिए हत्याको धम्की
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रकम माग गर्दै हत्या गर्ने धम्की आएको छ । रकम माग गर्दै फोन आएको र नदिएमा हत्या गरिदिने धम्की आएको प्रसाईंले बताएका छन् । 

फोनमार्फत ३० करोड मागिएको र अन्त्यमा पाँच करोड दिने सहमति भएको प्रसाईंले बताए । पैसा लिनका लागि गाडी आएको र गाडीसहित धम्की दिने गिरोहको व्यक्ति पक्राउ परेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंक तथा वित्तीय संस्था र त्यसलाई चलाउने ‘माफिया’विरुद्ध आफू लडिरहेकाले आक्रमणको योजना बनाउने ठूलै गिरोह रहेको उनले दाबी गरे । 

प्रसाईंलाई धम्की दिने गिरोहका एकजनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी संजयसिंह थापाले जानकारी दिए ।

Global Ime bank

पक्राउ पर्नेमा खोटाङ रावाबेसी स्थायी घर भई काठमाडौंको चुनदेबी बस्ने ४० वर्षीय रमेशकुमार गुरुङ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको पनि थापाले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement