site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको आक्रोश– एमालेले उमेरहद हटाउँदा किन रुवाबासी ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहद हटाएको विषयमा विवाद गर्न आवश्यक नरहेको बताएका छन् ।

मंगलबार एमाले वाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा ओलीले एमालेले ७० वर्षे उमेरहद हटाएको विषयमा विराेधीहरूले रुवाबासी गरिरहेको बताए ।

"एमालेले ७० वर्ष हटायाे भनेर विराेधीले रुवाबासी गरेका छन् । एमालेले ७० राख्याे कि हटायाे तिनीहरूलाई के चासाे ? एमालेकाे विराेध गर्नुपरेकाे छ । कांग्रेसले उमेरहद राखेकाे छैन । यस पार्टीमा बालबालिकादेखि वृद्धवृद्धा सम्मकाे समर्थन छ," ओलीले भने । 

सक्रिय हुन सक्ने पार्टीमा काम गर्न पाउनुपर्ने उनको धारणा छ । "सक्रिय हुन सक्छ, काम गर्नुपर्छ । काम गरिराखेकाे मान्छे ७० पुग्याे भनेर पार्टीमा बस्न नपाउने ? ७० वर्ष भन्या कति हाे र ? म दुईपटक ट्रान्सप्लान्ट गरेकाे मान्छे ।उमेरहदले निष्क्रिय गर्छ," ओलीले भने । 

उनले अमेरिकी राष्ट्रपति जाे बाइडेन र कांग्रेस सभापति शेरबहादुर देउवाको उदाहरण दिएका थिए । "कहिलेकाहीँ म्याराथुन दाैड गरूँ कि जस्ताे लाग्छ," ओली भन्छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro