site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पानी परे पनि किन हुन्छ गर्मी ?
प्रतीकात्मक तस्बिर

काठमाडौं । केही दिनयता अघिल्ला दिनहरूको तुलनामा कम वर्षा भएको छ । यद्यपि, मनसुन सक्रिय रहेकाले वर्षा भने भइरहेको छ । वर्षा भए पनि गर्मी भने उच्च रहेको छ । 

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस पुगेको थियो । आज पनि काठमाडौंको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसम्म पुग्ने मौसमविद् गोविन्द झा बताउँछन् । 

भैरहवा र दिपायलमा आज ३३ देखि ३५, वीरेन्द्रनगरमा ३२ देखि ३४ तथा घोराही र विराटनगरमा ३० देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने मौसमविद् झाको भनाइ छ । 

हिजोको तुलनामा आज बढी वर्षा हुने र आजको तुलनामा भोलि बढी वर्षाको सम्भावना रहेको छ । भोलि केही प्रदेशमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । यद्यपि, गर्मी भने यथावत रहेको मौसमविद् झा बताउँछन् । 

किन ? 

छिनछिनमा बादल लाग्नु र हट्नु नै यसको मुख्य कारण भएको उनको भनाइ छ । बादल फाटेको समयमा जमिनमा आउने सूर्यको प्रकाश पुनः फर्किन नपाउनु नै अहिले गर्मी हुनुको मुख्य कारण भएको उनले बताए । 

“अहिले मौसममा बदली भइरहेको हुन्छ । केही समय बादल लाग्यो भने केही समयमै हट्छ । बादल हटेको समयमा सूर्यको प्रकाश पृथ्वीमा आउँछ,” मौसमविद् झा भन्छन्, “बादल फाटेको समयमा पृथ्वीमा आएको सूर्यको किरण केही समयमै बादल लाग्दा परावर्तन भएर फर्किन पाउँदैन त्यही भएर अहिले पानी परे पनि गर्मीको महसुस भएको हो ।” 

यी प्रदेशमा हुँदै छ भारी वर्षा, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने

सूर्यको किरण परावर्तन हुन नसकेपछि पृथ्वीमै रहने गरेका कारण गर्मी हुने गरेको उनले स्पष्ट पारे । “पूर्ण बदली हुने भने डम्म लाग्ने बादलका कारण सूर्यको किरण पृथ्वीमा आउन पाउँदैन र गर्मी हुँदैन । पानी परेर पूरै खुल्यो भने पनि सूर्यको किरण परावर्तन हुने भएकाले शीतल हुन्छ,” मौसमविद् झा अगाडि थप्छन्, “सूर्यको किरण आउने तर परावर्तन हुन नपाउँदा बादलले ब्ल्यांकेटको जस्तो काम गरिरहेको हुन्छ । आएको किरण फर्किन नपाएपछि वायुमण्डलमा घुमिरहने भएको त्यसले गर्मी गराउँछ ।” 

चिसो हुन पूर्ण बदली भइरहनुपर्ने अथवा पानी परेर आकाश खुला हुनुपर्ने उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro