site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

नयाँदिल्ली । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन् ।

अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका हुन् ।

Dabur Nepal
NIC Asia

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराएका थिए । उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पुर्‍याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य निधि सम्मानित भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे । राजनीतिक परिवर्तनका लागि पहिले नेपालले त्यसपछि मात्रै भारतले सहयोग गरेको उनको भनाइ छ ।

“विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ, यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन,” निधिले भने, “तर, सहयोगको सुरूआत नेपालको तर्पmबाट भएको हो । भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि लगायतका नेताहरूले सहयोग गर्नुभएको थियो, जेलनेल जानु भएको थियो ।”

उनले नेपाल–भारतबीच वर्षौदेखिको सम्बन्ध आगामी दिनमा पनि कायम रहिरहने उल्लेख गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro