site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको प्रश्न– स्पष्टीकरणको मौकासमेत नदिइ राजीनामा माग्ने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिपक्षले माग्नासाथ प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न उठाएका छन् । प्रतिपक्षीहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग्ने कि राजीनामा भन्दै प्रश्न गरेका हुन् ।

“प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, स्पष्टीकरणको मौकासमेत नदिइ राजीनामा माग्ने, त्यही स्तरको हो यो ? के प्रतिपक्षले राजीनामा भन्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ?,” प्रधानमन्त्रीले प्रतिप्रश्न गरे, “के यही हो लोकतान्त्रिक विधि ? प्रधानमन्त्रीले स्पष्टीकरण पनि दिन नपाउने हो ?” उनले प्रतिपक्षले आफने भनाइप्रति प्रश्न राख्नु स्वभाविक भएपनि जवाफ दिन नदिएर राजीनामा माग्ने र सदन अवरोध गर्ने काम अस्वभाविक भएको बताए ।

“संसद्‌मा उठेका प्रश्नको जवाफ दिनु प्रतिनिधिसभाको सदस्यको हैसियतले र अहिले प्रधानमन्त्रीको हैसियतले पनि मेरो कर्तव्य हो । मेरो अभिव्यक्तिलाई लिएर संसद्‌मा उठाएको प्रश्नमा सुरुदेखि नै मेरो गम्भीर ध्यानाकर्षण गरेको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सुरुको दिनमै मैले बोल्नका निम्ति समय माग गरेको थिए । सभामुख र राजनीतिक दल समक्ष स्पष्टीकरण दिने अवसर सबैभन्दा ठूलो कुरा थियो । तर, सदन किन अवरोध गरियो मैले बुझ्न सकेको छैन ।”

उनले आफू स्पष्पटीकरणका लागि तयार भएका बेला सदन अवरोध गर्नु र राजीनामा माग्नु अनुचित भएको बताए  ।

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro