site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्वतमा पहाड चर्किएपछि ३०० परिवार जोखिममा
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

पर्वत । पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटको सिंगो गाउँ पहिरोको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिंगो डाँडो चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो ।

निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुंगासहितको लेदोले खेतबारी समेत पुरिन थालेको छ । लेखफाँटका ३०० भन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्ने उनले बताए । डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेले स्थानीय सरकारलाई गुहारेका छन् । गाउँपालिकाका जनप्रतिनिधिसहित जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले जोखिमपूर्णस्थलको अवलोकन गरेको छ ।

पहाड चर्किएपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको स्थानीय पदम कार्कीको भनाइ छ । “लगाएको खेतीबाली समेत पूरै पुरिएको छ । कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो । हामी निकै समस्यामा परेका छौँ । बस्ती छाड्ने कि संरक्षण गर्ने भन्ने अन्योल रहेको छ,” उनले भने ।

गाउँपालिकाले भने बस्तीमा ढुंगामाटो आउन नदिनका लागि तत्कालका निम्ति ड्याम बनाएर व्यस्थापन गर्ने योजना बनाएको छ । यो योजना दीर्घकालीन नहुने स्थानीयको भनाइ छ । पहाड खस्नबाट जोगाउनु भन्दा पनि मानव बस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन् ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए । प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै उनले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए । उनले पहिला मानव तथा गाईवस्तुको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

वि.सं. २०७२ को भूकम्पपछि उक्त क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको हो । तत्कालीन अवस्थामा त्यहाँका पाँच परिवार विस्थापित भएका थिए ।

भूकम्पपछि हरेक वर्षायाममा यहाँका बासिन्दा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन् । उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक निर्णय गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए । बस्ती स्थानान्तरण वा अरू वैकल्पिक उपायका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu