site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
महिन्द्राको बहुप्रतीक्षित ‘स्कर्पियो–एन’ सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । एसयूभी सेग्मेन्टको अग्रणी दाबी गर्ने महिन्द्राले नेपाली बजारमा नयाँ गाडी ‘स्कर्पियो–एन’ सार्वजनिक गरेको छ । 

भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनले पाएको व्यापक सफलतापछि नेपाली बजारमा गाडी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

महिन्द्राको स्कर्पियो–एनले ग्लोबल न्यू कार एसेसमेन्ट प्रोग्रामको नयाँ क्र्यास टेस्ट प्रोटोकलमा पाँच स्टार रेटिङ सुरक्षित गरेको छ ।

विगत ३० वर्षदेखि नेपालमा बलियो उपस्थिति राखेको स्कर्पियो–एन नेपालमा महिन्द्राको पछिल्लो एसयूभी लाइनअप हो । अल–न्यू स्कर्पियो–एन सार्वजनिक गरेसँगै कम्पनीले काठमाडौं, इटहरी र धनगढीमा एसयूभी नेटवर्क विस्तार गरेको जनाएको छ ।

भारतीय बजारमा स्कर्पियो–एनले ३० मिनेटभन्दा कम समयमा एक लाख बुकिङ पाएर चर्चा कमाएको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ सेक्टरका अन्तर्राष्ट्रिय अपरेसन प्रमुख सचिन अरोलकरले बहुप्रतीक्षित अल–न्यू स्कर्पियो–एनलाई नेपालको जीवन्त बजारमा ल्याउन पाएको खुसी व्यक्त गरेका छन् ।

नेपालका लागि महिन्द्राको बिक्री वितरक अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका अत्याधुनिक एसयूभी प्रेमीहरूका लागि नयाँ स्कर्पियो–एन प्रस्तुत गर्न पाएको खुसी व्यक्त गरेका छन् । उनले स्कर्पियो–एन साहसिक कार्यको लागि इन्जिनियरिङ गरिएको र संसारभरको सबैभन्दा चुनौतीपूर्ण भू–भागमा परीक्षण गरिएको बताए ।

कस्तो छ मूल्य
नयाँ स्कर्पियो–एनमा आकर्षक तीन वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी प्लान रहेको छ ।

स्कर्पियो–एनको सुरुआती भेरियन्ट स्कर्पियो–एन डिजेल जेड४ २डब्ल्यूडी एमटी ७एसटीआरको मूल्य ८१ लाख ५० हजार रुपैयाँ रहेको छ ।

स्कर्पियो–एन डिजेल जेड४ ४डब्ल्यूडी एमटी ७एसटीआरको मूल्य ९० लाख रुपैयाँ रहेको छ ।

स्कर्पियो–एन डिजेल जेड८ ४डब्ल्यूडी एमटी ७एसटीआरको मूल्य एक करोड १४ लाख रुपैयाँ रहेको छ । यस्तै,स्कर्पियो–एन डिजेल जेड८ ४डब्ल्यूडी एटी ७एसटीआर एक करोड २४ लाख रुपैयाँ तोकिएको छ । कम्पनीले यो मूल्य ३० सेप्टेम्बरसम्म मात्रै लागु हुने जनाएको छ ।

नयाँ स्कर्पियो–एन डिप फरेस्ट, नेपोली ब्ल्याक, एभरेष्ट ह्वाइट, रेड रेज र ड्याजलिङ सिल्भर ५वटा बडी कलर अप्सनमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro