राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।
गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि भट्टराईको इजलासमा पेसी तोकिएको हो ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० ११:०५
प्रतिक्रिया दिनुहोस्