site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्घटना न्यूनीकरण गर्न सूक्ष्म अध्ययन र अनुसन्धान जरुरी : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुर्घटना न्यूनीकरणका लागि सूक्ष्म अध्ययन र अनुसन्धान जरुरी रहेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै ओलीले दुर्घटनाका कारणहरू सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थितिलगायत अनेकौं हुन सक्ने बताए । 

उनले लेखेका छन्, “पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ । दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro