site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घोराही सिमेन्ट र एनआईसी एसिया बैंकको नजिकको कनेक्सन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा परेको आवेदनलाई लिएर एनआईसी एसिया बैंकलाई शंकामा राखेको छ । बैंक खातामा पर्याप्त रकम नभई आवेदन दिएकाहरूको स्वीकृति गरेको भन्दै बोर्डले कारबाहीका लागि बैंकमाथि थप छानबिन गर्ने तयारी गरेको छ । 

घोराही सिमेन्टले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ जारी गरेको थियो । मूल्य महँगो हुँदा पनि अस्वाभाविक रूपमा आवेदन परेपछि आशंका उब्जिएको थियो । फर्जी आवेदन परेको भनेर बोर्डले असार ४ गतेदेखि २० गतेसम्म १५ दिन लगाएर अध्ययन नै गरेको छ ।

घोराही सिमेन्टको आईपीओ छलीमा एनआईसी बैंकको मिलोमतो, छानबिन गर्न धितोपत्र बोर्डको निष्कर्ष 

Prabhu Bank
Agni Group
NIC Asia

अध्ययनका क्रममा बोर्डले एनआईसी एसिया बैंकको पनि संलग्नता पाएको थियो । असार २० गते विज्ञप्तिमार्फत थप कारबाही अगाडि बढाइने बताएको छ ।

एनआईसी एसिया बैंक र घोराही सिमेन्ट इन्डस्ट्रीबीच गहिरो सम्बन्ध रहेको छ । एनआईसी एसिया बैंकका हालका अध्यक्ष, पूर्व अध्यक्ष र हालका निर्देशकहरूको पनि घोराहीमा सेयर स्वामित्व छ । यसरी स्वार्थ बाझिने कम्पनीको सेयरमा नै बैंकले फर्जी आवेदनलाई प्रोत्साहन गरेको देखिन्छ ।

Global Ime bank

“आस्वा सदस्य एनआईसी एसिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदानहुँदै के कसरी आवेदनहरू स्वीकृत भएको हो, सो सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने,” बोर्डले भनेको छ । 

घोराही सिमेन्टको आईपीओमा दिएको आवेदन फिर्ता लिन सकिने

त्यस्तै, विशाल समूह र त्रिवेणी समूहका सञ्चालकहरूको पनि एनआईसी एसिया र घोराही सिमेन्टमा सेयर स्वामित्व रहेको छ । दुई समूहले बैंक र घोराहीमा लगानी गरेका छन् । पहिलो चरणमा स्थानीय, कर्मचारी र वैदेशिक रोजगारीमा गएकाहरूले आईपीओमा आवेदन कम दिएकाले पनि सञ्चालकहरू मिलेर नै आफ्नो लगानी भएको बैंकबाट फर्जी आवदन दिएको हुन सक्ने जानकारहरू बताउँछन् । 

एनआईसी एसिया र घोराहीको कनेक्सन

घोराही सिमेन्टमा त्रिवेणी समूहको बढी सेयर स्वामित्व छ । अध्यक्षमा पनि त्रिवेणी समूहका अध्यक्ष पुरूषोतमलाल संघाई रहेका छन् । यस समूहका नेतृत्वहरूको सेयर एनआईसी एसिया बैंकमा पनि छ ।

घोराही सिमेन्टमा विशाल र त्रिवेणी ग्रुपकै बढी बाहुल्यता रहेको छ । त्यसमा पनि यी दुई ग्रुपमा भएकैहरू एनआईसी एसिया बैंकमा निर्देशक र अध्यक्षको रूपमा छन् ।

घोराही सिमेन्टको आईपीओबारे बोर्डले गर्‍यो चार निर्णय, प्रहरीले छानबिन गर्ने

एनआईसी एसिया बैंकमा हाल अध्यक्षका रूपमा तुल्सीराम अग्रवाल रहेका छन् । उनको घोराही सिमेन्टमा ३.७२ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैगरी बैंकका पूर्वअध्यक्ष जगदिशप्रसाद अग्रवालको पनि घोराहीमा ३.७६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

ghorahi co1688873327.JPG

बैंकका सञ्चालक त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र संघाई, आदित्य संघाईलगायतको सेयर घोराहीमा रहेको छ । यसले पनि यी दुई ग्रुपमा भएकाहरूले नै बैंक र घाराहीमा लगानी गरेका छन् । विशाल ग्रुपको वित्तीय क्षेत्रको सैबभन्दा बढी लगानी भएको शीर्ष स्थानमा एनआईसी एसिया बैंक छ । विशाल ग्रुपका सञ्चालक अनुव अग्रवालको पनि घोराही सिमेन्टमा २.५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

यसरी स्वार्थ बाझिने कम्पनीको आईपीओ खरिद गर्न सर्वसाधारणलाई एनआईसी एसिया बैंकले आकर्षित गर्न खोजेको पनि हुन सक्ने बोर्डको निष्कर्ष छ । घोराहीको आईपीओमा आवेदन दिनेले पनि यही बैंकबाट बढी कित्ता किन माग गरे भन्ने प्रश्नले पनि उनीहरूकै निर्देशनमा नजिककाले फर्जी आवेदन दिएको हुन सक्ने बोर्डको आशंका छ ।

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न बोर्डको निर्देशन

घोराहीले गत जेठ ३० गतेदेखि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ भर्ने छिटो अवधिमा मागभन्दा बढी आवेदन परेको तर शंकास्पद तरिकाले बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आवेदन दिने समय थप गरेका थिए । त्यस्तै, बिक्री प्रबन्धकले समय थप गरेकोमा पनि बोर्डले अध्ययन गर्ने बताएको छ ।

फर्जी आवेदन दिएका १२ जनाविरुद्ध थप अनुसन्धान जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !